औषधीजन्य सबै खाले कच्चापदार्थहरुको आपूर्ती नियमित छ : उद्योग मन्त्रालय

काठमाडौ -उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले औषधीजन्य सबै खाले कच्चापदार्थहरुको आपूर्ती बिना अवरोध विगतमा जस्तै नियमित रुपले भैरहेको जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ती माफर्त औषधीको आपूर्तीलाई नियमित र सहज बनाउन विभिन्न पक्षसंग क्षलफल गरिरहेको पनि स्पष्ट पारेको छ ।
केही औषधी उद्योगहरु कच्चापदार्थको अभावमा बन्द भएको भनि केही अनलाइन माध्यमहरुमा प्रकाशित समाचारप्रति उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरको छ । हाल पनि औषधीको कच्चापदार्थको आपूर्ती विगतमा जस्तै नियमित रुपमा भैरहेको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्