पाथीभरा दुर्घटना: घाइते आमा छोरालाई थप उपचारका लागि काठमाडौँ पठाइयो
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) मा दर्शनको लागि गएको गाडी करेन्ट लागेर दुर्घटना हुँदा घाइते भएका आमा छोरालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
हेम्र्स अस्पतालको हेलिकोप्टर मार्फत ताप्लेजुङको फुङलिङबाट केही समय अघिमात्र थप उपचारका लागि घाइते आमा ललितपुर महानगरपालिका १० बस्ने वर्ष ४५ की सबिना आचार्य र उहाँका छोरा १० वर्षीय भबिमय आचार्यलाई काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख रवी रावलले जानकारी दिनुभयो ।

घाइतेहरूको जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत् काठमाडौँ हो । सोमबार बिहान मन्दिरमा दर्शनका लागि दर्शनार्थी लिएर मे १ च ३०११ नम्बरको गाडी मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । गाडीमा आगलागी हुँदा चार जनाको घटना स्थलमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । घाइते सरितका आमाबुबा र छोरी रहेको समेत प्रहरीको भनाई छ । मृतकको पोस्टमार्टम पछि आफन्तलाई जिम्मा लाउने तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख रावलले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्