तपाईँ सुन्दै हुनुहुन्छः

गुडिरहेको गाडीले विद्युतको तार छुँदा चारको मृत्यु दुई घाइते 

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) मा दर्शनका लागि दर्शनार्थी लिएर गएको बुलेरो गाडीमा विद्युतको तारले छोएसँगै आगो लाग्दा चार जनाकाे ज्यान गएको छ भने दुई घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार मृत्यु हुनेहरूमा ललितपुर महानगरपालिका १० घर भएका १६ वर्षीय आध्या आचार्य, झापा भद्रपुर नगरपालिका १५ बस्ने बर्ष ७० को विनोद पौडेल, झापा भद्रपुर नगरपालिका वर्ष ६९ सरिता पौडेलै  र चालक ताप्लेजुङ फुङलिङ नगरपालिका १० बस्ने वर्ष ४२ को दुर्गा भट्टराईको मृत्यु भएको हो । घाइते ललितपुर महानगरपालिका १० बस्ने वर्ष ४५ की सबिना आचार्य र उहाँका छोरा वर्ष १० को भबिमय आचार्यको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आमाको अवस्था गम्भीर भएको र जलनको भएको कारण थप उपचारको लागि हेलिकोप्टर ल्याउन समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिनुभयो । बिहान दर्शनार्थी लिएर मे १ च ३०११ नम्बरको गाडी मन्दिर गएको थियो । शवलाई जिल्ला अस्पताल ल्याउने लगायतका काम सुरु भएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button