तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको ढल्केवर विद्युत् सव स्टेसनमा आगलागी,दुई जिल्लाका विद्युत् ठप्प

जनकपुरधाम । धनुषा जिल्लाको नेपालकै ठूलो विद्युत् बव स्टेशन ढल्केवरमा आज बिहान आगलागी हुँदा धनुषा र सर्लाही जिल्लामा विद्युत् आपूर्ति बिहान देखि नै बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरण ढल्केवर स्टेसनका कार्यालय प्रमुख विनोद लोहनीका अनुसार ढल्केबर ग्रिडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनको सिटी पड्किएर आगलागी भएकोमा सुरुमा देशका थुप्रै जिल्लाको विद्युत् सेवा अवरुद्ध भएपनि अरू सबै तीरको सुचारु भएपनि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध रहेको छ ।

आगलागीबाट शव स्टेसनका पावर ट्रान्सफरमर, सिटी केवल र ब्रेकर जलेको नेपाल विद्युत् प्राधिकरण ढल्केवरका प्रमुख लोहनीले जानकारी दिनु भएको हो । अहिले मर्मतको काम भइरहेको छ । बिहान ७ बजे देखि नै विद्युत् सेवा अवरुद्ध रहेका कारणले ती दुई जिल्लाका सरकारी कार्यालयहरूको कामकाज पनि प्रभावित भएको छ ।

सो विद्युत् सव स्टेशनको १३२ केभी लाइन सुचारु भएपछि कटेका धेरै जिल्लाहरूको विद्युत् लाइन सञ्चालनमा आइसकेको छ तर ३३ केभी लाइन अझै सुचारु हुन नसकेको र प्राविधिकहरू सुचारु गर्नका मरम्मतको काम गरिरहेको कार्यालयले जनाएको छ । आगलागीबाट के कति क्षति भएको त्यसको एकिन गर्ने काम भइरहेको छ ।

नयाँ दुई ट्रान्सफर्मर जडानको काम भएकाले सञ्चालनमा आएपछि कूल विद्युत् आपूर्तिको झन्डै ७० प्रतिशत सेवा पुनः सुचारु हुने जानकारी प्राधिकरणले गराएको छ । केही दिनअघि सोही सब स्टेसनमा आगलागी भएको थियो । धनुषाको ढल्केवर सव स्टेसनमा धेरै सङ्ख्यामा विद्युत् उपकरणहरू जडान रहेका छन् ।

ढल्केवरबाट नै नेपाल–भारतको विद्युत् आदान प्रदान हुने गरेको छ । नेपालको ढल्केवरबाट भारतको मुजफ्फरपुरसम्म प्रसारण लाइन भएकाले नेपालबाट भारत तर्फ र भारतबाट नेपाल तर्फ सोही विद्युत् स्टेसनबाट विद्युत् आदान प्रदान हुने गरेको छ ।

चर्को गर्मीमा बिहान देखि विद्युत् सेवा अवरुद्ध भएका कारणले मधेश प्रदेशका राजधानी जनकपुरधाम सहित विद्युत् आपूर्ति अवरुद्ध भएका अन्य ठाउँका जनजीवन प्रभावित भएका छन् । विद्युत् चल्ने उपकरणहरू बन्द रहेका छन् । केही दिनको बिदापछि सरकारी कार्यालयहरू आजबाट खुल्ला भएपछि विद्युत् सेवा जनकपुरधाममा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button