तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश पर्यटन वर्ष २०८२ भोलि सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

धनकुटा । कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभर मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ । 

तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गरिने कोशी प्रदेश पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्ने कार्यक्रम छ । 

पर्यटन वर्ष घोषणाको तयारी पुरा भएको कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव गुरुप्रसाद दाहालले बताउनुभयो । प्रदेश सरकारले कोशी प्रदेशमा रहेका अनेकौँ पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष मनाउन लागेको हो । पर्यटन वर्षपछि पर्यटकीय गन्तव्यको पहिचान गरेर २०८३ मा कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी प्रदेश सरकारको रहेको छ । 

‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउन लागिएको पर्यटन वर्षका लागि प्रदेश सरकारले २०८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सुची यसअघि नै तयार गरेको छ । नेपालकै होचो केचना कवलदेखि विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छन् । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button