तपाईँ सुन्दै हुनुहुन्छः

गाडी दुर्घटनामा परी स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको मृत्यु

रोल्पा । प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. २ बाङ्गे सल्लामा गाडी दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको मृत्यु भएको छ।

उपप्रमुख राना सवार लुम्बिनी ०१–००१ भ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै उहाँको मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्युठान प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button