अन्नपूर्ण बेस क्याम्पको देउरालीमा भारतीय पर्यटक हिमपहिरोमा पुरिएको आशङ्का

कास्की । अन्नपूर्ण बेस क्याम्पबाट फर्किँदै गरेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशङ्का पछि उद्धार टोली घटनास्थल पुगेको छ । अन्नपूर्ण बेस क्याम्पबाट फर्किँदै गरेका दुई भारतीय नागरिकले चैत ११ गते देउरालीमा गएको हिम पहिरोमा एक पर्यटक पुरिएको सूचना प्रहरीलाई दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबुवा ओलियाले अन्नपूर्ण बेस क्यामबाट फर्किँदै गरेका एक पर्यटक हिम पहिरोमा पुरिएको सूचनापछि उद्धार टोली घटनास्थलमा पुगेको बताउनु भयो ।
‘अन्नपूर्ण बेस क्यामबाट फर्किँदै गरेका दुई भारतीय नागरिकले आफु भन्दा अगाडि रहेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशङ्का गर्दै प्रहरीलाई खबर गरेका थिए’, प्रहरी प्रमुख ओलियाले भन्नु भयो, ‘उनीहरूले दिएको सूचनाका आधारमा प्रहरीको टोली घटनास्थलमा पुगेको छ थप विवरण आउन वाकी रहेको कास्की प्रहरीले जनाएको छ ।
उद्धार टोलीमा खटिएका एक सुरक्षाकर्मीका अनुसार हिमपहिरोमा पर्यटक पुरिएको आशङ्का पछि प्रहरी, जनप्रतिनिधि र स्थानीय गरी २५ जनाको टोली घटनास्थलमा पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्