‘शेर्पाहरूको इतिहास र संस्कृति’ पुस्तक विमोचन

काठमाडौँ I बौद्ध धर्मका धर्मगुरु खेन्पो ङवाङ वोसेर लामाले लेख्नुभएको ‘शेर्पाहरूको इतिहास र संस्कृति’’ नामक पुस्तक हिजो काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य एवं सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले उक्त पुस्तकको विमोचन गर्दै शेर्पाहरूको इतिहास र संस्कृतिको संरक्षणका लागि यो पुस्तक अत्यन्त महत्वपूर्ण दस्ताबेजको रूपमा रहने बताउनुभयो ।
दोलखा श्यामा शेर्पा किदूक काठमाडौँ गोकर्णेश्वरद्वारा आयोजित उक्त विमोचन कार्यक्रममा पूर्व सांसद जिप छिरिङ लामा, देन्डी शेर्पा, पासाङ शेर्पा, संविधान सभासद् आङ दावा शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासङ्घको अध्यक्ष निमी शेर्पा, नेपाल पर्वतारोहण सघंका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा लगायतका वक्ताहरूले यो पुस्तक भावी सन्तानहरूको लागि धेरै उपयोगी हुने बताउनु हुँदै शेर्पाहरूको इतिहास र संस्कृतिको बारेमा महत्वपूर्ण पुस्तक प्रकाशन गरेकोमा लेखक खेन्पो ङवाङ वोसेर शेर्पा लामालाई हार्दिक बधाई व्यक्त गर्दै पुस्तकको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
दोलखा श्यामा शेर्पा किदुक काठमाडौँ गोकर्णेश्वरका अध्यक्ष सर्किनी शेर्पाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा किदुकका कलाकारहरूले शेर्पा नृत्य श्याब्रु पनि प्रस्तुत गरेका थिए ।






प्रतिक्रिया राख्नुहोस्