तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

सर्लाही । सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा बसबरिया गाउँपालिका–२ बस्ने बुधन पासवानका छोरा २५ वर्षीय राजीव पासवान रहेका छन् । गए राति बसबरिया गाउँपालिका–३ स्थित घनकौल जाने नहरको बाटो मधुवनी सडक खण्डमा दुर्घटना हुँदा वडा नं. २ निवासी दिप नारायण यादवका छोरा २० वर्षीय धनञ्जय यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button