बाँकेमा जयेन्दु बाल सुधार गृहमा झडप, ६ बालबन्दी घाइते
नेपालगञ्ज। बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप भएको छ ।
बालबन्दीबीचकाे झडपमा ६ जना घाइते भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिनुभयो । घाइते ६ जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बाल सुधार गृहमा राति ११ बजेतिर झडप भएको खबर आएपछि ठुलो सङ्ख्यामा प्रहरी घटनास्थलमा पुगेको र प्रहरीले राती डेढ बजेतिर घाइतेको उद्धार गरेको प्रवक्ता पातलीले बताउनुभयो । त्यसक्रममा केही बालबन्दी भागेको बताइएको छ ।
बाल सुधार गृहमा अढाई सय बालबन्दी रहेका छन् । यहाँ पटक-पटक झडप हुने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्