तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनिक

बाँके । बाँके जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन, संस्थागत क्षमता स्वमूल्यांकन र वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरिएको छ।

कार्यसम्पादन मूल्यांकन (२०८१/८२) अनुसार राप्तीसोनारी गाउँपालिका ६०.०१ अङ्कसहित पहिलो स्थानमा रहेको छ। बैजनाथ गाउँपालिका (५९.२७) र कोहलपुर नगरपालिका (५८.२१) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपालगञ्ज उपमहानगरपालिका ४६.८९ अङ्कसहित सातौँ स्थानमा छ भने जानकी गाउँपालिका (४३.५९) अन्तिम स्थानमा रहेको छ।

स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा डुडुवा गाउँपालिकाले ९५.२५ अङ्क प्राप्त गर्दै अग्रस्थान हासिल गरेको छ। खजुरा गाउँपालिका (९१.२५) र राप्तीसोनारी गाउँपालिका (९०.७५) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नरैनापुर गाउँपालिकाले शून्य अङ्क प्राप्त गरेको छ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा राप्तीसोनारी गाउँपालिका ९९.५ अङ्कसहित पहिलो स्थानमा छ। खजुरा गाउँपालिका (९०) र जानकी गाउँपालिका (८८.५) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाले शून्य अङ्क प्राप्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button