तनहुँका दुई स्थानीय तहले कोरोना संक्रमितलाई निःशुल्क उपचार गर्ने

तनहुँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमति भेटिएमा तनहुँका स्थानिय तहले निःशुल्क उपचार गर्ने भएको छ । तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकाले आफ्नो पालिका भित्रका बासिन्दालाई कोरोना संक्रमण देखिए निशुल्क उपचार गर्ने जनाएका छन ।
तनहुँको म्याग्दे गाउँपालिकाभित्र कोरोनाका बिरामी फेला परे ती व्यक्तिको सम्पूर्ण उपचार खर्च गाउँपालिका कार्यालयले व्यहोर्ने अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । उहाँका अनुसार शंकास्पद बिरामीको आवश्यक उपचारको व्यवस्था मिलाउने र गाउँपालिकाभित्रका विद्यालय भवनलाई क्वारेण्टाइनका रुपमा प्रयोग गर्ने तयारी भएको छ ।
गाउँपालिकाको सोमबार बसेको ७९औँ बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । ‘गाउँपालिकाले कोरोनाका शंकास्पद बिरामी भेटिएमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ,’ उहाँले भन्नुभयो, ‘गाउँपालिका बाहिरको हुनु भएन, गाउँपालिकावासीको निःशुल्क उपचार हुन्छ।’
नागिलाका अनुसार स्वास्थ्य, सरसफाई, खानेपानी र सुरक्षासँग सम्बन्धित सेवाहरु यथावत सञ्चालन गरी अन्य सेवाहरु २०७६ चैत २१ सम्म बन्द गरिनेछ। तर, सो समयमा गाउँपालिका कार्यालय र वडा कार्यालयहरु भने खुला रहनेछन् ।
प्रत्येक वडा कार्यालयले विदेशबाट फर्किएका व्यक्तिहरुको विवर
ण अद्यावधिक गरी अनिवार्य रुपमा १४ दिन घरमै राखी निगरानीको व्यवस्था मिलाउने निर्णय गरिएको छ।
त्यस्तै भिमाद नगरपालिकाले कोही नगरबासिमा कोरोना भाइरसको संक्रमण भेटिए वा प्रभावित भएमा तत्काल उपचार सेवा मिलाएको मगरप्रमुख मेखबहादुर थापा बताउनुभयो । ’नगरबासिमा कोरोना भाइरस सम्बन्धी कुनै लक्षण देखिए वा विरामी भएमा स्वास्थ्य उपचारको पहुँचमा र्पुयाउने तयारी भएको छ’, नगरप्रमुख थापाले भन्नुभयो, ’हामीले स्वास्थ्य उपचार तथा सचेतना मुलक कार्यक्रमको तयारी पुरा गरेका छौं । यदि कोही नगरबासिमा त्यो समस्या देखिएमा तत्काल नगर क्षेत्रभित्रै प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्लागण्डकी नगरपालिकाको वेलचौतरा स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेश्नमा र्पुयाउने व्यवस्था गरेका छौ । यस्तै विरामीको सम्पूर्ण आर्थिकभार नगरपालिकाले जिम्मा लिने तयारी गरिएको छ ।’

यस्तै, जनचेतना मुलक कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले ३ लाख रुपैयाँको आपत्कालिन कोष खडा गरेको छ । कोरोना भाइरसका कारण उद्योग, व्यापार, व्यवसाय, होटल लगायतका व्यवसायिक क्षेत्रमा क्षति पुगेमा राहतका कार्यक्रम सञ्चालन गरिने पनि नगरप्रमुख थापाले बताए । उनले भने, ’यो संक्रमणकालिन अवस्थामा कुनै उद्योग, व्यवासय धरासायी बन्ने अवस्थामा पुगे निवेदनका आधारमा अनुगमन गरी राहत उपलब्ध गराउने विषयमा सहजिकरण गर्नेछौ ।’








प्रतिक्रिया राख्नुहोस्