तपाईँ सुन्दै हुनुहुन्छः

‘कानुनहरू निर्माण नहुँदा स्थानीय सरकारलाई काम गर्न अप्ठ्यारो’

रुकुम पूर्व । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले देश सङ्घीयतामा गए पनि कानुनहरू निर्माण नहुँदा स्थानीय सरकारलाई काम गर्न अप्ठ्यारो भएको बताउनुभएको छ । 

शनिबार रुकुम पूर्वको पुथा उत्तर गङ्गा गाउँपालिकामा आयोजित ‘प्रदेश सरकारसँग स्थानीय सरकारको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम’ मा उहाँले विभिन्न कानुन निर्माणका काम थन्किदा स्थानीय सरकारलाई काम गर्न अप्ठ्यारो भएको बताउनुभयो । 

जनताले दुःख नपाउन् भन्ने उद्देश्यका साथ कानुन निर्माणको प्रक्रियालाई स्थायित्व दिन तथा सङ्घीयतालाई थप सबलीकरण गर्न स्थानीय सरकारले बनाउने कानुन र प्रदेश सरकारले बनाउने कानुन नबाझिउन् र विकास निर्माणसँगै अन्य कामकारबाहीहरू सहज रूपले अगाडि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button