तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पाका गाउँ बस्ती सेताम्मै (फोटो भिडियाे)

डोल्पा । डोल्पामा बिहीबारदेखि भएको हिमपात आज तेस्रो दिन सम्म पनि लगातार हिमपात भइरहेको छ । शनिबार पनि माथिल्लो डोल्पामा भारी हिमपात भइरहेको छ । लगातार परेको हिउँले जगदुल्ला , मुड्केचुला ,काईके गाउँपालिका ,त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिका गाउँपालिका हिउँले छोपेर जिल्लाभर लगातार हिमपात भइरहेको छ । 

हिमपात र वर्षाका कारण जडीबुटी ,कृषिमा ठूलो फाइदा भएको तर लगातार भइरहेको वर्षाको कारण जाडो बढी मानिसको दैनिक जनजीवन , भेडा बाख्रा र पशु चौपायहरुलाई समेत असहज हुने जगदुल्ला गाउँपालिका झ्याकोट डोल्पाका स्थानी मनराज ऎडिले बताउनु भयो । 

अहिले हिमपात भइरहेको भिडियो र फोटो जगदुला गाउँपालिकाको काईगाउ , झ्याकोट र चौरिकोटका बस्तीहरूको हो । अहिले डोल्पाका अधिकांश गाउँ बस्तीहरू हिउँले सेताम्मै बनाएको छ । भने डोल्पाको सदरमुकाम दुनैमा हिउँ परेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button