तपाईँ सुन्दै हुनुहुन्छः

एकदिवसीय क्रिकेटमा कास्कीद्वारा पर्वत १० विकेटले पराजित 

पोखरा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा कास्कीले समूह बी अन्तर्गतको पहिलो खेलमा पर्वतलाई १० विकेटले पराजित गरेको छ । आज (बिहीबार) पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा ७२ रनको सामान्य लक्ष्य पाएको कास्कीले विना विकेटको क्षतिमा ९.५ ओभरमा लक्ष्य पुरा गरेको हो । 

टस जितेर ब्याटिङमा उत्रिएको पर्वतले २५.२ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमै समेटियो । ओपनर सन्देश खड्काले ९, सुशान चापागाईँले १४, सरोजबहादुर कार्कीले ७, अनुभवी अमृत गुरुङ पनि २ रनमै आउट भएपछि पर्वतले खासै धेरै रन जोड्न सकेन् । 

कास्कीका बलर नितेश गिरीले ४ विकेट लिँदा सुवास भण्डारीले ३ विकेट र कृष्ण पौडेलले २ विकेट लिनुभयो । कास्कीको जितमा ओपनर मुस्कान थापा र कृष्ण पौडेलको योगदान रह्यो । पौडेलले अर्धशतक पुरा गर्दा थापाले २१ रनमा अविजित रहनु भयो । पौडेलले ३८ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्नु भयो । खेलमा नितेश गिरी प्लेयर अफ दि म्याच घोषित हुनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button