तपाईँ सुन्दै हुनुहुन्छः

शेर्पा भाषा समाचार वाचक मिङमा प्रधान लामा पुरस्कृत

काठमाडौँ ।रेडियो नेपालका शेर्पा भाषा समाचार सम्पादक, वाचक तथा कार्यक्रम प्रस्तोता मिङमा प्रधान लामालाई नेपाल शेर्पा सङ्घले सम्मानित गरेको छ। ग्याल्बो लोसारको अवसरमा सङ्घले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लामालाई सम्मानपत्रसहित रु. २५ हजार राशिको पुरस्कार प्रदान गरिएको हो।

रेडियो नेपालमार्फत शेर्पा भाषा र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नेपाल शेर्पा संघ अमेरिका र नेपाल शेर्पा सङ्घको संयुक्त पहलमा लामा पुरस्कृत हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button