मुगुको गमगाड खोलामा पक्की पुल निर्माणको काम अन्तिम चरणमा
मुगु । मुगुको उत्तरी सीमा तिब्बत जोड्ने गमगढी -नाक्चे लाग्ना सडक अन्तर्गत गमगाड खोला (अल्का साँघु) मा पक्की मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

नेपाल सरकार सडक विभाग अन्तर्गत पुल महाशाखाको आर्थिक र सडक डिभिजन कार्यालय जुम्लाको प्राविधिक सहयोगमा उक्त पुल निर्माण कार्य सुरु गरिएको हो ।
हिम सगरमाथा निर्माण कम्पनी ले कर्णाली राजमार्ग अन्तर्गत जुम्ला र कालिकोटको सिमाना मा पर्ने कालिका खेतु देखि मुगुको छाईल बगरसम्म जम्मा कुल मोटरेबल पुलहरू मध्ये गमगाड खोलाको पक्की मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

गमगढी -नाक्चे लाग्ना सडक अन्तर्गत छायाँनाथरारा नगरपालिका वडा नं १ अल्कासाँघु भन्ने स्थानमा साना गाडीहरू काठको लाप्काको भरमा ओहोर दोहोर गर्नु पर्ने बाध्यता रहेको थियो । करिब ८ करोड लगानी रहेको उक्त पुलको लम्बाइ ४० मिटर रहेको छ । यो पुल निर्माण भएको खण्डमा गमगढी नाक्चे लाग्ना सडक अन्तर्गत मुगुम् कार्मारोङ गाउँपालिका मा पर्ने माग्री नजिक पुग्न सहज हुने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्