तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरलाई शैक्षिक नगरका रुपमा विकास गर्न उपप्रधानमन्त्री सिंहको सुझाव 

कैलाली । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सुदूरपश्चिमको व्यवस्थित सहर टीकापुरलाई शैक्षिक नगरका रुपमा विकास गर्न सुझाव दिनुभएको छ ।

वीरेन्द्र विद्या मन्दिर माविको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले विद्यालयलाई केन्द्रमा राखेर सहर विकास भएको र शैक्षिक केन्द्रकै रुपमा विकास गर्दा देशलाई योगदान दिन सकिने बताउनुभयो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वर्गीय खड्गबहादुर सिंहले स्थापना गर्न लगाएको, सर थोमस वर्गीसले पढाएको प्रतिफलका रुपमा वीरेन्द्र विद्या मन्दिरको पूर्व विद्यार्थी मुख्यमन्त्री भएकोमा उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभयो । 

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले वीरेन्द्र विद्या मन्दिरको विकासमा नगरपालिकाको सहयोग रहेको र विधान परिमार्जन गरी कक्षा १२ सम्मको शिक्षाको जिम्मा नगरपालिकाले लिने बताउनुभयो ।

विद्यालयका प्राचार्य फणीन्द्रराज रेग्मीले तत्कालीन टीकापुर विकास समितिले स्थापना गरेको विद्यालय समिति विघटन भएपछि सङ्घीय वा स्थानीय सरकारमा जिम्मेवारी जानुपर्नेमा अलपत्र पारिँदा गुठीमा दर्ता हुनुपरेको गुनासो गर्नुभएको थियो । 

स्वर्ण महोत्सवका अवसरमा विभिन्न क्षेत्रका १८८ जनालाई सम्मान गरिएको छ । स्वर्ण महोत्सव ३ दिनसम्म चल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button