सरकार बनाउने वा गिराउने पक्षमा माओवादी नरहेको नेता श्रेष्ठको भनाई
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र सरकार बनाउने वा गिराउने पक्षमा नरहेको बताउनुभएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङमा बुधबार बिहान प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले सरकार बनाउने र गिराउने भन्दा पनि सङ्गठनलाई बलियो बनाएर आर्थिक–सामाजिक रूपान्तरणको नेतृत्व गर्ने दिशामा पार्टीको ध्यान केन्द्रित गरेको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारको संरक्षक भएको आरोप पनि लगाउनु भएको छ । भ्रष्टाचार अनुसन्धानको डरले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेको समेत उहाँको भनाई थियो । सरकारले अध्यादेशमार्फत देश चलाउन खोज्दा तानासाही प्रवृत्ति भएको समेत बताउनुभयो ।
ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनामा गोली चल्नु दुःखद भएको बताउनुहुँदै स्थानीय जनताको मागलाई सम्बोधन गर्दै अगाडी बढ्नु पर्ने धारण राख्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्