तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीको सिमा क्षेत्रमा नेपाल–भारत सुरक्षा टोलिको संयुक्त गस्ती

नवलपरासी, पश्चिम।नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउने उद्देश्यले नवलपरासीको सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सञ्चालन गरिएको छ। इलाका प्रहरी कार्यालय महेशपुर, सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का टोलीहरूले संयुक्त गस्ती गरेका हुन्।

सिमावर्ती अपराध नियन्त्रण, वस्तुस्थिति बुझ्ने, तस्करी नियन्त्रण गर्ने र सीमा सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले गस्ती सञ्चालन गरिएको बताइएको छ।

गस्ती टोलीमा नेपाल प्रहरीका ५ जना, सशस्त्र प्रहरीका ७ जना र भारतीय सीमा सुरक्षा बलका ७ जना गरी १९ जनाको सुरक्षा टोलिले मङ्गलबार संयुक्त गस्ती गरेको हो। खुला सिमा क्षेत्रका कारण तस्करीको समस्या बढ्दै गएको बताइन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button