तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: आठवटा अन्तरदेशीय प्रसारण लाइनको निर्माण आरम्भ

काठमाडौँ । सरकारले भारत सरकारसँग सम्झौता गरी विभिन्न आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य अगाडि बढाएको जनाएको छ । 

आजको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जल स्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले  दोधारा लम्की, बरेली, ढल्केबर सितामडीलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता गरी काम अगाडि बढेको जानकारी दिनुभयो । 

मन्त्री खड्काले  लामो समयदेखि अड्किएर रहेका अधुरा आयोजनाहरू  सरकारले सुचारु गर्न लागेको बताउनुभयो । 

आयआर्जन र आन्तरिक रोजगारीका लागि महत्वपूर्ण क्षेत्र जलविद्युत आयोजना भएकाले सरकारले प्राथमिकतामा राखेको मन्त्री खड्काले बैठकमा जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button