तपाईँ सुन्दै हुनुहुन्छः

आज ८ वटा संसदीय समितिको बैठक, कार्यसूचीमा विभिन्न विषयहरू

काठमाडौँ। आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दै छन्। जसमा विभिन्न समितिहरूका कार्यसूचीहरू छलफलका लागि तय भएका छन्।

१. अर्थ समितिको बैठक:
बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ। बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको बारेमा संशोधनकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ।

२. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक:
बिहान साढे ११ बजे यी दुई समितिको बैठक बस्नेछ। बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिकको विषयमा छलफल हुनेछ।

३. कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक:
बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम र समसामयिक विषयमा छलफल हुनेछ।

४. महिला तथा सामाजिक मामिला समितिको बैठक:
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आगामी अनुगमन भ्रमण र कार्यक्रम सम्बन्धी छलफल हुनेछ।

५. राज्य व्यवस्था तथा सुशासन समितिको बैठक:
मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ। बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धी विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।

६. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक:
साढे १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।

७. विधायन व्यवस्थापन समितिको बैठक:
दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ।

८. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक:
बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूका बारेमा छलफल हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button