तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पशुपन्छी औषधि व्यवसायी संघ चितवनमा दवाडी 

चितवन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ चितवन शाखाको अध्यक्षमा शालिग्राम दवाडी चयन हुनुभएको छ । सोमबार सम्पन्न सङ्घको ११औ अधिवेशन बाट अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित हुनुभएको हो  । 

सङ्घको उपाध्यक्षमा विशाल पौडेल र सञ्जय अर्याल,सचिवमा नारायण प्रसाद  कँडेल , कोषाध्यक्षमा  रामबाबु महासेठ र सह–सचिवमा विक्रम महत्तो चयन हुनुभएको छ  । 

यस्तै सदस्यहरूमा केशव न्यौपाने, मोतिराम चौधरी, सन्तोष पोख्रेल, तुलसीराम सापकोटा  र मनोनीत सदस्यमा भवानी शङ्कर बराल रहनुभएको छ  ।  अधिवेशनमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष रितेश रिमाल, महासचिव आशिष ढकाल, सचिव केशव शर्मा लगायत चितवन जिल्लाका पशुपन्छी सम्बद्ध कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।                                               

प्रतिक्रिया राख्नुहोस्

Back to top button