तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशकाे कार्यवाहक मुख्यमन्त्रीमा श्रेष्ठ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ संयुक्त अरब इमिरेट्स (UAE) को दुबईमा आयोजना हुने World Government Summit 2025 मा सहभागी हुन जाने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई दिइएको छ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री तामाङको सिफारिसअनुसार मन्त्री श्रेष्ठलाई माघ ३० गतेदेखि मुख्यमन्त्री फर्किन नआउञ्जेलसम्मका लागि कार्यवाहक मुख्यमन्त्री तोक्ने निर्णय गर्नुभएको छ।

मुख्यमन्त्री तामाङ दुबई सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय विकास र सुशासनसम्बन्धी विभिन्न विषयमा छलफल गर्न जानुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button