बाजुराबाट एसइईमा ३ हजार बढी विद्यार्थी सहभागी हुने, १७ परीक्षा केन्द्र तोकिए

बाजुरा । बाजुरा बाट यो बर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३ हजार बढी विद्यार्थीहरू सहभागी हुने भएका छन् । आगामी चैत ७ गतेबाट सञ्चालन हुने एसइईमा जिल्लाबाट नियमित र ग्रेड वृद्धि गरी ३ हजार १७ विद्यार्थी सहभागी हुने भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराले एसइईमा सहभागी हुने विद्यार्थी सङ्ख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीका अनुसार एसइई परीक्षामा साधारणतर्फ नियमित २ हजार २ सय १५ र ग्रेड वृद्धिका लागि ६ सय ४२ विद्यार्थी सहभागी हुँदै छन् । त्यस्तै प्राविधिक तर्फ १ सय २ नियमित र ३३ जना ग्रेड वृद्धिमा सहभागी हुने छन् । र त्यसका लागि जिल्लाभरका ९ वटै पालिकाका १७ वटा विद्यालयमा एसइईको परीक्षा केन्द्र तोकिएको इकाइ प्रमुख जोशीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्