तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्काको समुद्री इलाकाबाट १४ भारतीय मछुवा पक्राउ

तमिलनाडु । श्रीलङ्काको जलसेनाले आइतबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका १४ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।

उत्तरी श्रीलङ्काको मन्नारको दक्षिणमा रहेको समुद्री क्षेत्रमा आइतबार राति विशेष अपरेसनका क्रममा ती मछुवाहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ । उनीहरूले प्रयोग गरेका डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ।

शनिबार रामेश्वरमबाट चार सयभन्दा बढी डुङ्गामा माछा मार्न गएका थिए ।

नौसेनाले अवैध माछा मार्ने अभ्यासहरूलाई रोक्न श्रीलङ्काको समुद्री क्षेत्रमा नियमित गस्ती र अपरेसनहरू सञ्चालन गर्दछ ।

डीएमके सांसद कनिमोझीले केन्द्रीय सरकारलाई श्रीलङ्काली नौसेनाले गिरफ्तार गरिएका ९७ तमिलनाडु मछुवालाई रिहा गर्न तत्काल कदम चाल्न आग्रह गर्नुभयो ।

सांसदले केन्द्रीय सरकारलाई श्रीलङ्का सरकारसँग वार्ता गर्न र समस्याको स्थायी समाधान खोज्न आग्रह गर्नुभयो । “हामी समातिएका डुङ्गाहरूलाई रिहा गर्न चाहन्छौँ । हामी केन्द्रीय सरकारले श्रीलङ्का सरकारसँग वार्ता गरी स्थायी समाधान खोज्न चाहन्छौँ,” कनिमोझीले बताउनुभयो ।

सांसद कनिमोझीले मिडियासँग कुरा गर्दै भन्नुभयो,“श्रीलङ्काली नौसेनाले तमिलनाडुका मछुवाहरूलाई गिरफ्तार गरी उत्पीडन गरिरहेको छ । अहिले करिब ९७ तमिलनाडुका मछुवाहरूलाई पक्राउ गरिएको छ ।” हाम्रा मुख्यमन्त्री एमके स्टालिनले मन्त्री र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button