तपाईँ सुन्दै हुनुहुन्छः

बन डढेलो नियन्त्रण गर्न जनचेतना मूलक कार्यक्रम गरिने

काठमाडौँ I सरकारले बन डढेलो नियन्त्रण गर्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिनुहुँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलोका घटना कम गर्न सरकारले  नेपाल टेलिकम र सञ्चारका माध्यमहरुमार्फत् जनचेतना कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो । 

नुवाकोट सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लाका वनहरूमा लागेको डढेलो नियन्त्रणमा आइसकेको जानकारी गराउँदै मन्त्री ठकुरीले वन डढेलो नियन्त्रण गर्न तीनै तहको सरकारले समन्वयनमा काम गरिरहेको पनि बैठकमा  जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button