बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर महिलाको मृत्यु
मुगु । मुगुको खतेड गाउँपालिका–११, रिखियाँ गाउँ नजिकै बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
स्थानीयहरूका अनुसार, शुक्रबार बिहान बालुवा निकाल्ने क्रममा ढिस्को खस्दा अन्दाजी ६१ वर्षीया महिला कोइर्या शाही गम्भीर घाइते भएकी थिइन्। तत्काल उद्धार गरेर उनलाई उपचारका लागि कोल्टी लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको बताइएको छ ।
खतेड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीका अनुसार, घटनास्थलमा स्थानीयले तत्काल उद्धार प्रयास गरे पनि गम्भीर चोट लागेका कारण उनलाई बचाउन सम्भव भएन।
प्रतिक्रिया राख्नुहोस्