तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक क्षेत्रको विकास आफ्नो प्राथमिकतामा: परराष्ट्रमन्त्री डा. राणा 

धनगढी । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले शैक्षिक क्षेत्रको विकासलाई आफूले प्राथमिकतामा राखेको बताउनु भएको छ ।

आज  कैलाली स्थित फूलबारी बहुमुखी क्याम्पसको मागपत्र बुझ्नुहुँदै मन्त्री राणाले क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा सम्पूर्ण सहयोग रहने बताउनु भयो । उहाँले क्याम्पसले अघि सारेका माग प्रति आफू सकारात्मक रहेको बताउनुभयो । त्यस क्रममा फूलबारी बहुमुखी क्याम्पसका अध्यक्ष कुम्भ गिरिले क्याम्पसको समग्र अवस्थाबारे मन्त्री राणालाई  जानकारी गराउनु हुँदै क्याम्पसको समस्या समाधानका लागि आग्रह गर्नुभयो । यसैगरि क्याम्पस प्रमुख बल बहादुर बमले क्याम्पसको शैक्षिक, आर्थिक तथा पूर्वाधारको अवस्था समेटिएको मागपत्र बुझाउनु भयो । 

मन्त्री राणाले आजै कैलालीको हसुलियामा काँग्रेस निकट नेपाल थारु सङ्घको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button