लोक सङ्गीतका नक्षत्र लाल बहादुर गन्धर्वको निधन

काठमाडौं । कुशल सारंगी वादक एवं बरिष्ठ लोकगायक लाल बहादुर गन्धर्वको बिहीबार ७९ वर्षको उमेरमा निधन भएको छ। लोक सङ्गीत क्षेत्रमा अनुपम योगदान दिनुहुने गन्धर्व समुदायका प्रमुख व्यक्तित्व गन्धर्वको निधनसँगै नेपाली लोक सङ्गीतको एक युगको समाप्त भएको छ। उहाँका संगीत, लाइभ कर्खा र मङ्गल गीतहरूले नेपाली लोक सङ्गीतलाई नयाँ उचाइमा पुर्याएको थियो।
पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, नब्बे सालको महाभूकम्प, विश्वयुद्ध, डॉफे चरी लगायतका अनेकन कर्खा, सवाई उहाँले रेडियो नेपालमा गाउनुभएको उहाँको गायन र सारङ्गी वादनले राष्ट्रिय स्तरमा ख्याती कमाउनुभएको थियो ।

लाल बहादुर गन्धर्वको जन्म २००२ सालको वैशाख १४ गते गोरखामा भएको थियो। ९ वर्षको उमेरदेखि सारङ्गी बजाउन थाल्नुभएका गन्धर्वले २०११ सालबाट आफ्नो सङ्गीतिक यात्रा सुरु गर्नुभएको थियो। २०२२ सालमा राजा महेन्द्रको अगाडी भूमी सुधारको गीत गाएर रेडियो नेपालमार्फत लोक सङ्गीतको क्षेत्रमा योगदान गर्न थाल्नुभएका गन्धर्वले नेपाली सङ्गीतलाई बचाउन र प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निभाउनुभएको थियो।
उहाँका प्रमुख योगदानहरू :
२०२२ साल असार २२ गते “खरबारीको छेउ” – पही नेपालमा रेकर्ड भएको गीत जसले नेपाली लोक सङ्गीतको प्रशंसा प्राप्त गर्यो।
पृथ्वी नारायण शाहको नेपाल एकिकरण सम्बन्धी कर्खा – नेपालको ऐतिहासिक महत्त्वका विषयमा आधारित गीत।
१९९० सालको भूकम्प सम्बन्धी गीत – भूकम्पको पीडालाई उजागर गर्दै जनतालाई साहस र समर्पणको सन्देश दिएको गीत।
जंगबहादुर राणाको बेलायत यात्रा – ऐतिहासिक राणाका जीवनवृत्तसँग सम्बन्धित गीत।
डाँफे चरीको जीवनी – नेपाली लोक सङ्गीतको ऐतिहासिक कृति।
लाल बहादुर गन्धर्वको निधनले लोक सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ, तर उहाँको संगीत र योगदान सधैं नेपाली जनतामा जीवित रहनेछ। उहाँको सङ्गीतले आगामी पुस्तालाई प्रेरित गर्दै नेपाली सांगीतिक धरोहरलाई अझ समृद्ध बनाउने काम गर्दै जानेछ।








प्रतिक्रिया राख्नुहोस्