तपाईँ सुन्दै हुनुहुन्छः

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर

काठमाडौँ।कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button