दिल्लीमा साँझ ५ बजेसम्म ५७.७० प्रतिशत मतदान
नयाँ दिल्ली । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/342455-01-02-683x1024.jpg)
तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उहाँको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।
दिल्ली विधानसभा चुनावमा बुधबार साँझ ५ बजे सम्म ५७.७० प्रतिशत मतदान भएको भारतको निर्वाचन आयोग (इसीआई) ले जनाएको छ ।
राष्ट्रिय राजधानीको उत्तर–पूर्वी जिल्लाहरूमा सबैभन्दा बढी ६३.८३ प्रतिशत मतदानका साथ अग्रस्थानमा छ ।
सबैभन्दा कम ५३।७७ प्रतिशत मतदान दक्षिण पूर्व जिल्लामा भएको थियो, त्यसपछि नयाँ दिल्लीमा साँझ ५ बजे ५४.३७ प्रतिशत मतदान भएको थियो ।
निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म दक्षिण पश्चिम जिल्लामा ५८.८६ प्रतिशत, पूर्वमा ५८.९८ प्रतिशत, उत्तरमा ५७.२४ प्रतिशत, उत्तर पश्चिममा ५८.०५ प्रतिशत, शाहदरामा ६१.३५ प्रतिशत, दक्षिणमा ५५.७२ प्रतिशत, मध्यमा ५५.२४ प्रतिशत र पश्चिममा ५७.२४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
आज दिउँसो ३ बजेसम्म दिल्ली विधानसभा चुनावमा ४६.५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
मिल्कीपुर विधानसभा क्षेत्रको उप–विधानसभा निर्वाचनमा ६५.२५ प्रतिशत मतदान भएको छ । तमिलनाडुको इरोड (पूर्वी) निर्वाचन क्षेत्रको उपचुनावमा साँझ ५ बजेसम्म ६४.०२ प्रतिशत मतदान भएको थियो ।
दिल्ली विधानसभाका ७० सिट र दुई सिट, तमिलनाडु र उत्तर प्रदेशका एक–एक सिटका लागि बुधबार बिहान ७ बजेबाट मतदान सुरु भयो ।
सबै मतदान केन्द्रमा कडा सुरक्षामा मतदान भएको थियो । यसैबीच, दिल्ली पुलिसले जङ्गपुरा विधानसभा क्षेत्र अन्तर्गत सराय काले खान क्षेत्रमा मतदाता घुसखोरीको कुनै पनि दाबीलाई अस्वीकार गर्यो ।
यसअघि, आम आदमी पार्टीले सामाजिक सञ्जाल एक्स पोस्टमा भारतीय जनता पार्टी (बीजेपी) जङ्गपुरा विधानसभा क्षेत्रमा खुल्ला रूपमा पैसा वितरण गरिरहेको आरोप लगाएको थियो ।
मतगणना फेब्रुअरी ८ गते हुने भएको छ । रासस
प्रतिक्रिया राख्नुहोस्