‘पार्टीको कमी कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गर्छौं’
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको कमी कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गर्ने बताउनुभएको छ ।
आज भरतपुरमा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्न पनि यी विषय आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टीको पक्षमा लहर देखिएको उल्लेख गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको दाबी गर्नुभयो ।
राजनीति, समाजसेवा, शैक्षिक क्षेत्र, खेलकुद लगायत विभिन्न क्षेत्रमा दशकौँ योगदान गरेका व्यक्तिहरूको पार्टी प्रवेशले चितवनको राजनीति र वामपन्थी आन्दोलनमा गुणात्मक परिवर्तन ल्याउने उहाँको भनाई थियो । सो अवसरमा उहाँले विभिन्न पार्टी परित्याग गरि माओवादी प्रवेश गर्नेहरूलाई फूलमाला, अवीर सहित स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्