कोभिड कैरन काव्य सार्वजनीकरण
काठमाडौँ । साहित्यकार पुष्पाञ्जली खनालद्वारा लिखित कोभिड कैरन काव्य आज काठमाडौँ आयोजित कार्यक्रममा सार्वजनीकरण गरिएको छ ।
कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले कोभिड कैरन कृतिले कोरोना महामारीको जीवन्त चित्रण गर्नुका साथै नेपाली साहित्यलाई थप समृद्ध बनाउनमा योगदान पुर्याएको धारणा व्यक्त गर्नुभयो ।
साहित्यकार डा. विनोद ढाकाल र शिक्षाविद् बलराम खनालले कोरोना कालको मानव जीवनको परिस्थितिलाई साहित्य सृजनामार्फत आउँदो पुस्तालाई जानकारी दिन कृति सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकका लेखक पुष्पाञ्जली खनालले कोरोना कालका देश विदेशका सम्पूर्ण परिस्थितिलाई समेटेर काव्य लेखिएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्मा र साहित्यकार ज्योति कोइरालाले कविताका माध्यमबाट निर्भिकता साथ सत्य कुरा व्यक्त गर्न लेखक सफल भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्