तपाईँ सुन्दै हुनुहुन्छः

नौ जनालाई नइ बाल पुरस्कार

काठमाडौँ । नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ बर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । 

‘नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ श्री कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ सुश्री श्रीया गुरुङ, सङ्गीततर्फ सुश्री सानवी यादव, नृत्यतर्फ सुश्री अनिका महर्जन, खेलकुदतर्फ सुश्री सुप्रिया ऐर छन् । 

ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रुपैयाँ रहेका छन् । यसैगरी नइ कोपिला पुरस्कार गायनमा सुश्री काव्या शिवाकोटी र नृत्यमा सुश्री सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको छ ।

ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रुपैयाँ रहेका छन् । ताम्रपत्रसहित पाँच हजार रुपैयाँ राशिको नइ चिचिला पुरस्कार तीन वर्षकी सुश्री मानशी भण्डारीलाई समर्पण गरिने भएको छ । 

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button