तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका स्थानीय तहले ६ महिनामा गरे ४६ प्रतिशत बजेट खर्च

बाँके । बाँकेका स्थानीय तहले चालु आ.ब.को ६ महिनामा संघ र प्रदेशबाट प्राप्त गरेको कुल बजेटको संघ तर्फ ४६.२ र प्रदेश तर्फ २५.२ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहन शरण भण्डारीले उपलब्ध गराउनु भएको तथ्याङ्क अनुसार संघ तर्फको खर्च चालु आ.व.को ६ महिनामा सन्तोषजनक रहेपनि प्रदेश तर्फ भने निराशाजनक रहेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार, संघ तर्फको बजेट चालु आ.व.को ६ महिनामा सबैभन्दा बढी बजेट समयमै कार्यान्वयन गरी खर्च गर्ने स्थानीय तह जानकी गाउँपालिका भएको जनाएको छ ।

बाँकेको बैजनाथ गाउँपालिकाले चालु आ.व.को ६ महिनामा संघ तर्फ ५२ प्रतिशत र प्रदेश तर्फको १७.६ प्रतिशत बजेट खर्च गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले चालु आ.व.मा संघ तर्फको कुल बजेट मध्ये ४५.२ प्रतिशत र प्रदेश तर्फको १८ प्रतिशत बजेट खर्च गरेको कोलेनिकाको तथ्याङ्कमा उल्लेख रहेको छ । त्यस्तै, कोहलपुर नगरपालिकाले संघ तर्फको ४६.१ र प्रदेश तर्फको ३२.९ प्रतिशत बजेट खर्चको गरेको छ ।

खजुरा गाउँपालिकाले संघ तर्फको कुल बजेट मध्ये ४६.७ र प्रदेश तर्फको ३९.९ प्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै, डुडुवा गाउँपालिकाले संघ तर्फको ४३.२ प्रतिशत र प्रदेश तर्फको २९.१ प्रतिशत बजेट चालु आ.व.को ६ महिनामा खर्च गरेको छ ।
यस्तै नरैनापुर गाउँपालिकाले चालु आ.व.को ६ महिनामा संघ तर्फको ३४.४ प्रतिशत र प्रदेश तर्फको ३१.८ प्रतिशत बजेट खर्च गरेको छ ।

जानकी गाउँपालिकाले सङ्घबाट प्राप्त बजेट मध्ये चालु आ.व.को ६ महिनामा वार्षिक बजेटको ५०.२ प्रतिशत खर्च गरिसकेको छ । राप्तीसोनारी गाउँपालिकाले ४९.७ र प्रदेश तर्फ १७.९ प्रतिशत बजेट खर्च गरेको कोलेनिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button