तपाईँ सुन्दै हुनुहुन्छः

नारदमुनि गोल्डकप : उद्घाटन खेलमा सङ्कटा एफसीमाथि बागमती युवा क्लबको जित

उदयपुर । बागमती युवा क्लब दशौं संस्करणको नारदमुनि गोल्डकपको उद्घाटन खेलमा विजयी भएको छ ।  

उद्घाटन खेलमा सङ्कटा एफसीलाइ १–० गोलले हराउँदै .बागमती युवा क्लब विजयी भएको हो । पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । खेलको दोस्रो हाफको इन्जुरी समयमा बागमती युवा क्लबलाई जित दिलाउन सनम धिमालले गोल गरे । निर्धारित ७० मिनेटको खेलको  इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै बागमती युवा क्लबलाई जर्सी नम्बर १४ का धिमालले जित दिलाएका थिए ।

आज भएको खेलमा म्यान अफ दी म्याच बागमती युवा क्लब जर्सी नम्बर १४ का सनम धिमाल भए ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई र चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले गर्नुभएको थियो ।

उद्घाटनमा सम्बोधन गर्दै राईले इतिहासको एक योद्धा नारदमुनि थुलुङ्गको सम्झना प्रतियोगिता आयोजना गरेर त्यसलाई निरन्तरता दिनु गौरवको कुरा भएको भन्दै अब यसलाई बचाई राख्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button