तपाईँ सुन्दै हुनुहुन्छः

सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको छ: उपमहासचिव ज्ञवाली

गुल्मी । नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको बताउनुभएको छ । मङ्गलवार प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि लामो समयसम्म शिथिल रहेको अर्थतन्त्रमा पछिल्लो समय गति सिर्जना भएको, राजश्व सङ्कलनमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, आयत निर्यात व्यापारमा प्रवर्धन र लगानीको वृद्धिले जनतामा आशा र विश्वास बढेको बताउनुभयो । 

वर्तमान सरकारले भ्रष्ट्राचार, सुशासन, विकास निर्माणमा काम गर्दै गएको हुँदा नागरिकले सरकारप्रति विश्वास बढाएको बताउनुभयो । पछिल्लो समय सहकारी क्षेत्रको समस्या समाधान तर्फ सरकार लागेको उहाँले बताउनुभयो । 

सहकारी क्षेत्रमा रहेको बेथितिलाई अन्त्य गर्न सरकारले त्यसमा संलग्न जो कोहीलाई पनि आवश्यक कारबाही गरेको बताउनुभयो । कुनै पनि राजनीतिक आस्था नहेरी सरकारले कारबाही अगाडी बढाएको ज्ञवालीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button