तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश

सुर्खेत ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । 

कर्णाली प्रदेश प्रमुख जोशीलाई आज आयोगका केन्द्रीय सदस्य मेहल पार्कीले नेपालको संविधानको धारा २९४(३) बमोजिम प्रतिवेदन पेश गर्नुभएको हो । 

प्रदेश प्रमुख जोशीसमक्ष पेश गरिएको प्रतिवेदनमा देशको गरिबी २० प्रतिशत रहँदा दलित समुदायको गरिबी ४३ प्रतिशत रहेको बताइएको छ । 

त्यस्तै, प्रत्येक ५ मिनेटमा ३ जना दलितमाथि अमानवीय व्यवहार भएको दलित आयोगको प्रतिवेदनमा जनाइएको छ । 

दलितको हकहित र अधिकार सम्बन्धी व्यवस्था, दलितको अवस्था, राज्यका निकायमा प्रतिनिधित्व, आयोगबाट सम्पन्न कार्य आर्थिक तथा भौतिक स्रोत साधनको अवस्थाबारे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button