तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य परीक्षण विश्वव्यापी हुनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण विधिसम्बत हुनुपर्ने विषयमा छलफल भएको छ । 

समितिको आज बसेको बैठकमा समितिका सांसदहरु रमा कोइराला, हेमराज राई, सीता मिजार, अमृतादेवी अग्रहरी, कृष्णकुमार श्रेष्ठलगायतले  वैदेशिक रोजगारमा जानेहरूको सम्बन्धित मुलुकमा चेक गर्दा  नेपालमा गरेको मेडिकल फेल हुने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सांसदहरुले स्वास्थ्य जाँच विश्वव्यापी बनाइनुपर्नेमा पनि जोड दिनुभयो । बैठकमा नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष ताराकान्त अर्यालले सरकारसँग स्वीकृत लिएका ३६ वटा मेडिकल संस्थाले मलेसियाको र १८ वटा संस्थाले मात्रै मध्यपूर्वी मुलुकहरूमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अरू मेडिकल व्यवसायीहरू मारमा परेकाले सिन्डिकेट हटाउन आग्रह गर्नुभयो । 

विगत १६ वर्षमा १४ हजार कामदारले वैदेशिक रोजगारीमा ज्यान गुमाएको बताउँदै अध्यक्ष अर्यालले वैदेशिक रोजगारमा मृत्यु हुने अधिकांश कामदार तिनै सूचीकृत स्वास्थ्य संस्थाबाट चेकजाँच गराएर गएको पाइएको अध्यक्ष अर्यालले  बैठकमा जानकारी दिनुभयो । 

त्यस्तै संघका महासचिव कृष्णप्रसाद बजगाइले आवश्यक नीति बनाएर खुला प्रतिस्पर्धाबाट गुणस्तरीय मेडिकल संस्थालाई स्वास्थ्य परीक्षणको जिम्मा दिन सरकारसँग आग्रह गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button