मनमा जोश र जाँगर भए उमेरले रोक्दैन

जनकपुरधाम । मनमा जाँगर र जोश भएको खण्डमा उमेरले काम गर्नबाट नछेक्ने उदाहरण बन्नुभएको छ जनकपुरधामका विश्वकर्मा चोक निवासी वर्ष ७३ का फकिर ठाकुर ।
उहाँ बिहान स्नान गरेर खानपान गरि सानो भाडा तथा शरीरमा प्लाष्टिकको सानो प्याकेट शरीरको विभिन्न भागमा बेरेर विभिन्न प्रकारका खाद्यान्न बिक्री गर्न जनकपुरधामको शहरी क्षेत्रका बजारसहित मेला, हाटमा पुग्नुहुन्छ ।
चार सन्तानका बुबा रहेका ठाकुर यही व्यवसाय गरेर आफ्ना तीन छोरीको विवाह पनि गर्नुभयो । ठाकुरका एक छोरा छन् तर सानोतिनो मजदुरीबाट कमाएर ल्याएको रकमले घर चलाउन कठिन हुने भएकाले आफूले पनि व्यवसाय गर्ने गरेको उहाँले बताउनुभयो । नातिनातिनासहित ७ जनाको परिवार रहेको छ ।
मुलुकमा देखिएको आर्थिक मन्दीका कारणले पहिला जस्तो व्यापार नभएको दुःखेसो ठाकुरको छ । दैनिक ८ सयदेखि १ हजारको सामान बिक्री हुने गरेकोमा कहिलेकाहीँ दुई सयको मात्र बिक्री हुँदा आफूलाई परिवार चलाउनमा ठूलो समस्या हुने गरेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्