तपाईँ सुन्दै हुनुहुन्छः

देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन

रूपन्देही। लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन शुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट सञ्चालन गरिने भएको हो ।

देवदह शितलनगरबाट मणिग्राम, भैरहवा बेलहिया एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा विजुली बस सञ्चालन गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताउनुभयो। उहांका अनुसार हप्ताको तीन दिन देवदह र ३ दिन बुद्धको अस्तीधातु रहेको रामग्रामबाट विजुली बस सञ्चालन गर्ने गरी नयाँ रुट बनाइएको हो ।

कोषाध्यक्ष भट्टराईले कोषले बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिने गरी विजुली गाडी ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर सञ्चालन गरिएको बताउनुभयो । उहांले रामग्राम, देवदह र पण्डितपुर जस्ता ऐतिहासिक पुरातात्विक क्षेत्रको विकास, संरक्षण र प्रबद्र्धन गर्ने गरी देवदह कार्यालयमा हप्ताको २ दिने बसेर सेवा दिन थालेको समेत बताउनुभयो ।

पुरातात्विक धार्मिक क्षेत्रको स्थानीय पालिका, सामुदायिक संगठन र संस्थाहरू संग मिलेर कोषको निति स्थानियसँग लुम्बिनी कार्यक्रम अबधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस धम्मयात्रा लेखेर परीक्षण स्वरुप सञ्चालन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button