बलिदान दिवसमा वृक्षारोपण
जनकपुरधाम । तीन दिवसीय बलिदान दिवसको अवसर तथा मधेस प्रदेश सरकारको गृह, सञ्चार एवं कानून मन्त्रालयको आयोजनामा वृक्षारोपण गरिएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीको अगुवाइमा वृक्षारोपण कार्यक्रम भएको हो । आफ्नै मन्त्रालय परिसरमा लेखीले वृक्षारोपण गर्नुभएको थियो ।
शहीदहरूप्रति सम्मान प्रकट गर्न र शहीदहरूको बलिदानप्रति सम्मान गर्न वृक्षारोपण मन्त्री लेखीले जानकारी दिनुभयो । उहाँले २५ वटा विभिन्न जातका बिरुवा रोपिएको जानकारी दिनुभयो ।
त्यस अवसरमा मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्र, मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल सहितका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
गृह सञ्चार तथा कानून मन्त्रालयले यस अघि बलिदानी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम, शहीद परिवारको अभिनन्दन तथा दीप प्रज्वलन कार्यक्रम गरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्