तपाईँ सुन्दै हुनुहुन्छः

‘पारदर्शी राज्य व्यवस्था र भ्रष्टाचारमुक्त समाज निर्माण अहिलेको आवश्यकता’

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष अशोक राईले पारदर्शी राज्य व्यवस्था र भ्रष्टाचारमुक्त समाज निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) पर्साले आज वीरगन्जमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले अहिले प्राप्त सङ्घीयतालाई अझै व्यापकता बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल सरकारका खानेपानी मन्त्री एवं जसपाका उप महासचिव प्रदीप यादवले मधेसी जनताको अधिकार प्राप्तिका लागि लडेका व्यक्तिहरूलाई गोलबद्ध गर्दै जसपालाई मधेसकै एक नम्बर पार्टी बनाउने दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख एवं जसपाका केन्द्रिय सदस्य राजेशमान सिंहले जसपा मधेसमा नयाँ शक्तिको रुपमा स्थापित हुँदै गएको र सम्पुर्ण पार्टी कार्यकर्ता एकजुट भएमा मधेसको वैकल्पिक शक्तिको रुपमा जसपा उदाउने दाबी गर्नुभयो ।

सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय उपाध्यक्ष एवं वीरगन्ज महानगरपालिकाका पूर्व उपप्रमुख पुरुषोत्तम लाल झा, लोसपाका केन्द्रीय सदस्य रेखा कर्ण, उद्योगपति भागवत लाल झा, थारु कल्याण कारिणी समाजका महासचिव विकास चौधरीको नेतृत्वमा सयौँ व्यक्तिहरू जसपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button