तपाईँ सुन्दै हुनुहुन्छः

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संशोधकर्ताहरुसँग छलफल भएको छ ।

समितिको आज बसेको बैठकमा सासदहरुले चिकित्सा शिक्षाको पहिलो विश्वविद्यालय अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिनुभयो ।

संसारका विश्वविद्यालयमा प्राज्ञिक व्यक्तिले नेतृत्व गर्ने गरेको उदाहरण प्रस्तुत गर्दै सांसदहरुले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पनि कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिहरूबिचको प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिकाको गेटामा स्थापना हुने विश्वविद्यालयमा सर्वसाधारणले सहुलियतमा चिकित्सा शिक्षा अध्ययन गर्ने विषय विधेयकमा स्पष्ट उल्लेख गर्न सांसदहरुले सुझाव दिनुभयो ।

बैठकमा सांसदहरुले विश्वविद्यालयले सम्बन्धन दिन पाउने व्यवस्था राख्नुपर्ने र विश्वविद्यालयको आम्दानीबाट खर्च अपुग भए सरकारले दायित्व लिने कुरा पनि किटान गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button