बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा । चितवनमा बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा लखन गाउँपालिका वडा नं–३, मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आले रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं–४ स्थित विशाल चोकबाट धर्म चोकतर्फ जाँदै गरेको ना ५ च ९४८ नम्बरको बलेरोले आनन्द चोकबाट बाह्रघरेतर्फ जाँदै गरेको ना ४९ प २९३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक आले गम्भीर घाइते भएका थिए ।
घाइते आलेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेकोमा बुधबार दिउँसो ३ः२१ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारीसाधन तथा बलेरो चालक भरतपुर महानगरपालिका वडा नं–२६, दिव्यनगर बस्ने ३४ वर्षीय गणेश भुजेललाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्