प्रमाणीकरण भयो प्रदेश निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक
रुपन्देही ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । उक्त विधेयक पुस १७ गते प्रदेश सभाबाट पारित भएको थियो ।
नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा९१० बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले जानकारी दिनुभयो ।
चौथो अधिवेसनबाट प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख समक्ष पठाइएको थियो । तर, प्रदेश प्रमुखले त्यो विधेयकलाई प्रमाणिकरण नगरेर सन्देशसहित प्रदेश सभामा फिर्ता पठाउनुभएको थियो ।
प्रदेश सभाले पुनः विधेयकलाई पारित गरेर अघि बढाएपछि प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको हो । यो सहित सँगै गएको स्थानीय तहको सेवा सम्बन्धमा बनेको अर्को विद्येयक भने प्रणाणीकरण भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्