आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेन : मन्त्री अधिकारी
मलेखु (धादिङ) । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मुलुकको आर्थिक सङ्कुचनका कारण उद्योग व्यवसायले गति लिन नसकेको बताउनुभएको छ ।
धादिङ उद्योग वाणिज्य सङ्घको ११औँ अधिवेशन उद्घाटन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले उद्योग व्यवसाय गतिशील बनाउन सबै व्यवसायीले राजनीतिक स्वार्थ त्यागेर एकजुट भई अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपालको औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदारहँदै यस क्षेत्रले रोजगारी, आयआर्जन, गरिबी न्यूनीकरण र निर्यातमा सोचे जति योगदान पुर्याउन नसकेको उहाँको भनाई छ ।
“व्यवसायलाई कृषितर्फ लैजाऔँ । बाँझो जग्गामा हरियाली ल्याउन, जग्गालाई एकीकृत गरेर अगाडि बढ्न सक्नुपर्छ । त्यसो गर्न सकियो भने अन्न आयात घटाउन सकिन्छ”, उहाँले भन्नुभयो, “बाँझो जग्गालाई हरियाली बनाउने काममा सहयोग गर्न कृषि मन्त्रालय सदैव तत्पर छ ।”
प्रतिक्रिया राख्नुहोस्