अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागी हुन खेलाडीहरूको नाम दर्ता गर्न सुरु

पोखरा । पर्यटकीय नगरी पोखरामा आउँदो फागुन ३ हुने १९ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०८१ हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने उक्त प्रतियोगितामा सहभागी हुनको लागि खेलाडीहरूको नाम दर्ता गर्न सुरु गरिएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले बताउनु भयो ।
केही दिन अघि देखि खेलाडीहरूको दर्ता खुल्ला गरेसँगै हाल सम्म स्वदेश तथा विदेश गरि ८९ जनाले अनलाइन दर्ता गरेको उहाँले जनाउनु भयो । जस मध्ये म्याराथनमा २४ विदेशी सहित ४६ जना, हाफ म्याराथन पुरुषतर्फ ७ विदेशी सहित १३ जना, हाफ म्याराथन महिला १ विदेशी सहित २ जना, १० किमी पुरुष १ विदेशी सहित १६ जना, १० किमी महिला २ विदेशी सहित ५ जना, ५ किमी भेट्रान्स (५० वर्ष) पुरुष १ जना, ५ किमी छात्र ३ र ५ किमी छात्रा ३ जना दर्ता गराएको मञ्चले जनाएको छ । दर्ता गर्ने अन्तिम मिति २०८१ माघ २४ गते सम्म रहेको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
यसपालिको म्याराथन सहितको विभिन्न इभेण्टको दौड प्रतियोगिता सहित रन फर फनमा गरी १० हजार जना धावक सहभागी गराउने लक्ष्य राखिएको निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताउनु भयो । प्रतियोगिताको पुरस्कारमा मात्र २१ लख ३४ हजार खर्च हुने भएको उहाँले जनाउनु भयो । सफल दुधको मुख्य प्रयोजनमा हुने उक्त म्याराथन पोखराका १७ वटा कोर सिटिका वडाहरू पर्ने निवर्तमान अध्यक्ष पराजुलीले जनाउनु भयो ।

यही पुस २७ गतेबाट सुरु हुने मासिक/साप्ताहिक दौडको महाअभियानमा सहभागी हुन मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो । स्वच्छ पोखरा, स्वास्थ्य पोखरेली भन्ने नाराका साथ उक्त दौड पोखराको कुना कुनासम्म पुर्याउने आफूहरूको लक्ष्य रहेको उहाँले जनाउनु भयो । ८ बर्ष देखि १२ बर्ष उमेर समूह र १३ बर्ष देखि १६ बर्ष उमेर समूहका बिच दौड प्रतियोगिता हुने भएको छ ।
म्याराथन प्रतियोगिताको विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख, तेस्रोलाई २ लाख र सान्त्वना स्वरूप चौथोदेखि ८ जनालाई नगद ३० देखि १० हजार प्रदान गरिने भएको छ । खुल्ला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरूलाई समेत प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गरिएको छ । विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुहुने भएको छ । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्नु हुने भएको छ । ५ किलोमिटर छात्र/छात्रा दौडमा विजेतालाई समान १५/१५ हजार, उपविजेताले समान १०/१० हजार र तेस्रो हुनेले समान ७/७ हजार प्रदान गरिने भएको छ । खुला म्याराथन तर्फ गण्डकी प्रदेशका धावकहरूलाई प्रोत्साहन गर्न विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुहुने भएको छ । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्नु हुने भएको छ । ५ किलोमिटर छात्र÷छात्रा दौडमा विजेतालाई समान १५/१५ हजार, उपविजेताले समान १०/१० हजार र तेस्रो हुनेले समान ७/७ हजार प्राप्त गर्ने भएका छन् । अपाङ्गता भएकाहरूको ह्विलचियर र दृष्टिबिहिन दौड समेत हुने भएको छ ।
म्याराथनको रुट पोखराको कोर सिटी १७ र फेवाताल सहित माछापुच्छ्रेको प्रतिविम्बमा २५ किलोमिटर दौडको रुट निर्धारण गरिएको छ । पोखरा रङ्गशालाबाट सुरु भई कदममार्ग, रानीपौवा, फूलबारी, पृथ्वीनारायण क्याम्पस गेट, सिमपानी, विन्ध्यवासिनी मन्दिर, हल्लनचोक, खपौदी,पामे, ठुलाखेत, घाँटी छिना हुँदै पुनः लेकसाईडको हल्लनचोकमा आएर टुङ्गिने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्