निमित्तका भरमा सञ्चालन हुदैछन् डडेल्धुराका स्थानीय तह
डडेल्धुरा । दरबन्दी अनुसार सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउन नसक्दा डडेल्धुराका अधिकाश स्थानीय तह निमित्तका भरमा चलिरहेका छन् ।
स्थानीय सरकार ऐन २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न खटाउन सक्ने छ भन्ने उल्लेख छ ।
नगरपालिकाको हकमा उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने र गाउँपालिकाको हकमा अधिकृतस्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने प्रावधान छ । सो ऐन अनुसार बाजुराका कुनै पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएर निमित्तका भरमा पालिका चलेका छन् ।
अमरगढी नगरपालिका र परशुराम नगरपालिका निमित्तको भरमा सञ्चालन भइरहेको छ । अमरगढी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र परशुराम नगरपालिकामा कल्पना भट्ट रहेका छन् । सङ्घीय सरकारसँग प्रमुख प्रशासकीय अधिकृतका लागि समन्वय गरे पनि नपठाउने गरेको पालिकाहरुले गुनासो गरेका छन् ।
यसैगरी भागेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको दुई महिनामै सरुवाका माग गर्दे जनप्रतिनधीहरु नै सघीय राजधानी पुगेका छन् । विरोधका कारण प्रमुख प्रशासकीय अधिकृत हर्ष रोक्का कामकाज गर्न पाएका छैनन् ।
प्रतिक्रिया राख्नुहोस्